१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै


0
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुस महिनासम्ममा कुल बजेटको करिब १६.२७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिनुभयो ।

चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म १० अर्ब ५० करोड २९ लाख नौ हजार रुपैयाँ खर्च भएको छ । चालुको तुलनामा पुँजीगत खर्च कम भएको पौडेलको भनाइ छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१.५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८.३६ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ४.६ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।