
काठमाडौं । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशन आजबाट शुरु हुँदैछ । आज दिउँसो १ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।
संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख यज्ञराज जोशीले दोस्रो कार्यकालको पाँचौँ अधिवेशन सोमबार दिउँसो १ बजेका लागि आह्वान गर्नु भएको हो ।
प्रदेश सभाको चौथो अधिवेशन गत असोज १६ गते अन्त्य भएको थियो । चौथो अधिवेशनमा ३३ वटा बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्