२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


ट्रम्पको अर्को आदेश


4.459k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेपछि डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न १५ सय जनालाई माफी दिन आदेश दिनुभएको छ ।

सन् २०२१ को राष्ट्रपति निर्वाचनमा ट्रम्पको पराजयपछि उहाँका समर्थकहरूले क्यापिटल हिलमा दंगा र अराजकता मच्चाउँदा उनीहरुलाई पक्राउ गरी वासिङटनको कारागारमा राखिएको थियो । ट्रम्पले आफनो राष्ट्रपतिको कार्यकालको शुभारम्भसँगै धमाधम गरेको निर्णयअन्तर्गत दंगामा संलग्नहरुलाई रिहा गर्न आदेश दिनुभएको हो ।

यसैबीच ट्रम्प समर्थकहरूको ठूलो भीड वासिङ्टन डीसी कारागार बाहिर आफन्तहरु पुगेका छन् । आफना समर्थकहरुलाई बिना कारण वर्षौंसम्म कारागारमा राखिएको भन्दै पुर्व राष्ट्रपति जो बाइडेनको आलोचना गर्दै उहाँले अमेरिकी नागरिकहरु बिना कुनै अपराध जेलमा बस्नुपर्ने विधिको अन्त्य गर्ने उद्घोषसमेत गर्नुभएको छ ।