२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अमेरिकामा जन्मेको आधारमा नागरिकता नपाउने ट्रम्पको आदेश


21.307k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्न आदेश दिनुभएको छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरुआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गर्नुभएको हो । यो आदेशको पालनाका लागि संघीय एजेन्सीहरूलाई ३० दिनको समयसीमा तोकिएको छ ।

शपथ ग्रहणलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दर्जनौं आदेशहरुमा हस्ताक्षर गर्नुभएको छ । जसमा अधिकांश आदेश पूर्वराष्ट्रपति जो बाइडेनले गरेका आदेशहरु रद्द गर्ने सम्बन्धमा छन् ।