७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


इजरायली सेना प्रमुखको राजीनामा घोषणा


0
Shares

एजेन्सी । इजरायली सेना प्रमुखले हर्जी हेलेवीले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । हर्जी हेलेवीको राजीनामा आगामी मार्चमा स्वीकृत गर्ने इजारायलले जनाएको छ ।

हर्जी हेलेवीले एक विज्ञप्तिमा अक्टोबर ७ मा आफनो नेतृत्वको इजरायली डिफेन्स फोर्स आईडीएफको असफलताको जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेको उल्लेख गर्नुभएको छ । आईडीएफले महत्वपूर्ण सफलता हासिल गरेपनि बन्धकहरूलाई रिहाकै सन्दर्भमा उपलब्धी हासिल गर्न नसेकोमा आफलाई दुख लागेको जनाउनु भएको छ ।

यसैबीच, आईडीएफले वेस्ट बैंकको कब्जामा रहेको प्यालेस्टिनी क्षेत्रको जेनिन शरणार्थी शिविरमा ठूलो सैन्य कारबाही गरेको छ, जसमा आठ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफना देशका सेना, र प्रहरीले जेनिनमा आतंकवादलाई परास्त गर्न व्यापक र महत्वपुर्ण अपरेसन सुरु गरेको जानकारी दिंदै यस क्षेत्रलाई प्यालेस्टिनी सशस्त्र समूहहरूको गढलाई भत्काउने दाबी गनुभएको छ ।