२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैन : योगेश भट्टराई


6.37k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सिमेन्टको मूल्य बढ्नुमा संयोग मात्रै नभएर नियत खराब भएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

बुधबार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद भट्टराईले निर्माणको सिजनमा मूल्य वृद्धि गरिनु संयोग मात्रै नभइ नियत खराबका साथ गरिएको देखिएको बताउनुभयो । उहाँले तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको देखिएको बताउनुभयो ।

सांसद भट्टराईले उद्योगीहरूलाई लागतअनुसार उचित मूल्य लिन आग्रह गर्नुभयो । उहाँले उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नपाउने बताउनुभयो । उहाँले व्यवसायीहरूले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला सिमेन्टको मूल्य वृद्धि स्वीकार्न नसकिने बताउनुभयो ।

सांसद भट्टराईले ३५८ रुपैयाँ र ४५८ बाट करिब साढे ७ सय र ८ सय पुगेको देखिएको बताउनुभयो । उहाँले विद्युतको मूल्य बढेदा, ढुवानीको मूल्य बढ्दा, श्रमको मूल्य बढ्ढा र वस्तुको मूल्य बढ्दा मूल्य वृद्धि हुन सक्ने तर केहीको पनि मूल्य वृद्धि नभएको समयमा सिमेन्टको मूल्य वृद्धि गर्नु राम्रो नियतले नभएको बताउनुभयो ।

सांसद भट्टराईले नेपालको आफ्नै कच्चा पदार्थमा मलतः नेपाली प्रविधि र जनशक्ति नेपालमा ठूलो पुँजी परिचालन गरेको बताउनुभयो । उहाँले यसले नेपालको राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।