१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रम्पले मेक्सिकोको सिमानामा १५ सय सैनिक खटाउने


3.796k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमानामा १५ सय सैनिक खटाउने आदेश दिनुभएको छ । मुलुकको दक्षिणी सिमानाबाट भइरहेको अवैध आप्रवासीको ओसारपसार तथा तस्करी रोक्न स्थल सेना खटाउने निर्णय गरिएको ट्रम्प प्रशासनले जनाएको छ ।

यी सेनाहरु मेक्सिकोको सीमामा मानव पर्खालको रुपमा उभिनेछन् । तत्काल उनीहरु कानुन कार्यान्वयनको तहमा कारवाहीमा भने उत्रिने छैनन् । यी सेनाहरुलाई आवश्यक सहयोग गर्न लडाकु विमानहरु पनि तयारी अवस्थामा राखिनेछ ।

मेक्सिकोको सिमानामा अहिले पनि झण्डै २२ सय सैनिक तैनाथ छन् । राष्ट्रपति ट्रम्पले तत्कालका लागि अमेरिकामा सबै शरणार्थीहरूको यात्रा निलम्बन गर्नुभएको छ ।

यसैबिच ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्ध अन्त्य गर्न वा नयाँ शुल्क र प्रतिबन्धहरूको सामना गर्न तयार रहन चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै उहाँले रुसी समकक्षीसँग राम्रो सम्बन्ध रहेको तर चाँडै सम्झौता नगरे आर्थिक जरिवाना लगाउने बताउनुभएको हो ।