
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुुँदैछ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएका लामिछानेलाई अदालतबाहिरै बसेर बहस गर्ने सुविधा जिल्ला अदालतका न्यायाधिश प्रल्हादकुमार योगीले दिएका छन् । न्यायाधीश योगीकै इजलासमा हिजो लामिछानेको बयान लिइएको हो ।
बिहीबारदेखि शुरु हुने थुनछेक बहसमा पहिले सरकारी वकिलहरुले बहस गर्ने तय भएको छ । आजै थुनछेक बहस सकिए अदालतले लामिछानेलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, जीबी राईसहित ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस्