
एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा बुधवार रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ ।
मृतकमध्ये चार जना नेपाली रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा नेपाली नागरिकहरुमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको जनाइएको छ ।
बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको हल्ला फैलिएपछि भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको हो ।
महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा क्षेत्रमा दुर्घटना भएको हो । केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्