२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


तत्काल मधेशबादी दलहरु एक हुने सम्भावना छैन : मन्त्री सुडी


1.391k
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले तत्काल मधेशबादी दलहरु एक हुने सम्भावना नरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री सुडीले निजी स्वार्थका कारण मधेशबादी दलहरु फुटेको बताउनुभयो । उहाँले स्वार्थमा काम गर्नेहरुलाई पदच्युत भएसँगै कसैले नचिन्ने बताउनुभयो । धर्तीमा रहँदा केही नाम चिन्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री सुडीले मधेसवादी राजनीतिक दलहरु एक हुनु राम्रो भएको पनि बताउनुभयो ।