६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष राउत


936
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राउतले बताउनुभएको हो ।

अध्यक्ष राउतले सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महशुस गरेको बताउनुभयो । उहाँले मधेसवादी दलहरु अब एकत्रित हुने ठूलो सम्भावना रहेको पनि बताउनुभयो । उहाँले दुई वटा विपरित धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने बताउनुभयो ।

अध्यक्ष राउतले व्यवस्थामाथि नै खतरा आउने चिन्ता लागेको बताउनुभयो ।