
फाइल तस्बिर
एजेन्सी । प्यालेस्टाइनी बिद्रोही समूह हमासले शनिबार ४ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ ।
रिहा गरिने बन्धकहरूको नाम भने हमासले सार्वजनिक गरिसकेको छैन ।
सैनिक र सर्वसाधारण गरी चारै जना महिला हुने अनुमान इजरायलले गरेको छ । त्यसको बदलामा इजरायलले १८० प्यालेस्टिनी कैदीहरू रिहा गर्ने छ ।
गत आइतबार युद्धविराम लागू भएदेखि यो दोस्रो चरणको बन्धी र कैदी आदानप्रदान हो । यसअघि युद्धबिरामको पहिलो चरण अन्तर्गत हमासले तीन जना महिला रिहा गरेको थियो भने त्यसको बदलामा इजरायलले ९० कैदीहरूलाई रिहा गरेको थियो ।
आगामी पाँच साताको अवधिमा हमासले ३० जना बन्धक रिहा गर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्