
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा कांग्रेस-एमाले नेतृत्वको सकरकार बनेको जिकिर गर्नुभएको छ ।
शुक्रबार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार राजनीतिक स्थायित्वको लागि बनेको बताउनु भएको हो । उहाँले विकास निर्माणका लागि मुलुकमा राजनीतिक स्थायित्व जरुरी रहेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक स्थायित्व नहुँदा मुलुकका राम्रा परियोजनाले विकासको गति लिन नसकेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले संसद्का दुई ठूला दलहरु नमिलिकन राजनीतिक स्थायित्व सम्भव नभएको कारण वर्तमान सरकार गठन भएको जिकिर गर्नुभयो । उहाँले जनताको समस्या समाधान र राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा वर्तमान सरकार बनेकोले कसैले अचम्म मान्न नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्