
काठमाडौं । नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।
आगामी माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो ।
शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरुका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताउनुभयो । उहाँले युवाहरुलाई उमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो । सम्मेलनमा सबैभन्दा युवाहरुलाई बढी जोडिने जनकारी दिनुभयो ।
उहाँले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्