
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताउनुभएको छ ।
४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल सुन्दर मात्र नभइ सुरक्षित रहेको महशुस पर्यटकहरुलाई दिलाउनसके मात्रै नेपालमा पर्यटकको संख्या बढ्ने बताउनुभयो । उहाँले पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला भएको बताउनुभयो । उहाँले पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेको भन्दै यसमा सरोकारवाला सबै निकायहरुको समानजनक भुमिका अनिवार्य रहेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गर्नुभयो । पर्यटकीय प्रहरीको षमता वृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्