
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणमा तत्काल लाग्न आह्वान गर्नुभएको छ ।
शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गौतमले पुष्पलाललाई स्मरण गर्ने हो भने तत्काल समाजवाद निर्माणमा लागनुपर्ने उल्लेख गर्नुभयो । उहाँले समाजवाद निर्माणमा नलाग्ने हो भने जब्रो पड्काएर मात्रै केही नहुने बताउनुभयो ।
सांसद गौतमले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सरकार दलाल हो भनेर आलोचना गर्नु दुःखद् भएको बताउनुभयो । उहाँले काँग्रेससँग मिलेर निर्वाचन लड्ने, सरकार बनाउने र फेरि पनि मिल्न पाए मिल्ने कोशिस गरिरहेको भन्दै अहिले सरकार दलाल हो भनेर आलोचना गर्नु उचित नभएको बताउनुभयो ।
सांसद गौतमले कम्युनिष्ट हो भने अब समाजवाद निर्माण गर्न लाग्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्