२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आजको मौसम


2.015k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।