१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपाको केन्द्रीय समिति बैठक बस्दै


130
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि शुरु भएको बैठक शनिबार समापन हुन नसकेपछि आज पनि बस्न लागेको हो ।

शनिबारको बैठकमा ८० जनाभन्दा बढी केन्द्रीय सदस्यले बोलेका थिए भने अन्य सदस्यलाई पनि बोल्ने मौका दिनका लागि बैठक आज पनि बस्ने भएको हो । बैठक आजै समापन हुने बताइएको छ ।

जारी बैठकमा पछिल्लो राजनीतिक गतिविधि, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, जिल्ला अधिवेशन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।