२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


रास्वपाको सचिवालय बैठक भोलि बस्दै


299
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भोलि बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, ¥याट विभाग नियमावली २०८१) माथि छलफल हुने जनाइएको छ ।

रास्वपा कार्यवाहक प्रवक्ता प्रतिभा रावलका अनुसार बैठकमा संसद् अधिवेशन, समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ भने सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनलगायतका विषय पनि छलफलका एजेन्डा रहेका छन् ।