
काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
संघीय संसद्को हिउँदे अधिवेशनको तयारी सन्दर्भमा उहाँले सक्रियता बढाउनु भएको हो । जसअन्तर्गत उहाँले आइतबार सत्तापक्ष र प्रतिपक्षका नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्ने कार्यतालिका छ ।
सभामुख घिमिरेले दिउँसो ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गर्दैहुनुहुन्छ भने दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्नुहुनेछ ।
यस्तै सोमबार दिउँसो ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गर्नुहुनेछ भने मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा छलफल गर्नुहुनेछ ।
यही माघ १८ गते संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्