
एजेन्सी । सुडानको एक अस्पतालमा भएको ड्रोन आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको छ । सुडानको डार्फर क्षेत्रको अल–फशेरमा रहेको अस्पतालमा भएको आक्रमणमा दर्जनौं घाइते भएका छन् ।
गत शुक्रबार साँझ सुडानको साउदी अस्पतालमा भएको बम विष्फोटका घाइतेहरुको उपचार भइरहेको अस्पतालमा ड्रोन आक्रमण भएको हो । ड्रोन आक्रमणका कारण उक्त अस्पताल भवन पुर्ण रुपमा ध्वस्त भएको छ । युद्धग्रस्त मुलुकमा भएको यो आक्रमणको जिम्मा कसैले लिएको छैन ।
सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको युद्ध जारी रहेकै बेला भएको यो घटनाका कारण स्थानीय थप सशंकित बनेका छन् ।
विद्रोही समुहले डार्फरको लगभग सम्पूर्ण विशाल पश्चिमी क्षेत्र कब्जा गरिसकेको अवस्थामा विद्रोहीलाई नियन्त्रणमा लिन भने सरकार असक्षम भएको छ । सरकारी तथ्यांक अनुसार युद्धका कारण देशभरका ८० प्रतिशत जनसंख्या स्वास्थ्य संस्था सेवाबाट वञ्चित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्