२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


हमासले थप ६ बन्धक रिहा गर्ने


1.924k
Shares

एजेन्सी । प्यालेस्टिनी विद्रोही समुह हमासले यो साता पुनः ६ जना बन्धक रिहा गर्ने घोषणा गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका अनुसार हमासले यही साता ६ जना बन्धक रिहा गर्ने घोषणा गरेको हो । जसको बदलामा इजरायलले आजबाट उत्तरी गाजाका मानिसहरूलाई घर फर्कन अनुमति दिनेछ ।

हमासले रिहा गर्ने भनिएका बन्धकमध्ये अर्बेल येहुद नामका इजरायली महिलाको नाम सार्वजनिक गरेको छ । जुन महिला हमासद्वारा मारिएको आशंका इजरायलले गरिरहेकै बेला हमासले उनको फोटो सार्वजनिक गरी रिहा गर्ने घोषणा गरेको हो । ती महिला बाहेक अन्यको हकमा भने नाम सार्वजनिक गरेको छैन ।

हमासले येहुद र अन्य दुई बन्धकहरूलाई आगामी शुक्रबार रिहा गर्नेछ भने शनिबार थप तीन जनालाई रिहा गर्ने जनाएको छ ।

हमास र इजरायलबीच यही जनवरी १९ मा युद्धविराम सम्झौता लागू भएदेखि हालसम्म सात बन्धक र २ सय भन्दा बढी कैदीहरूलाई रिहा गरिसकेको छ ।

युद्धविराम सम्झौताका शर्तहरू अन्तर्गत, प्यालेस्टिनीहरूलाई शनिबार इजरायलद्वारा नियन्त्रित सात किलोमिटर नेत्जारिम करिडोरको उत्तरमा प्रवेश गर्न दिने अनुमति दिइने तालिका रहेकोमा इजरायलले सम्झौता लागु गर्ने जनाएको छ ।