
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएको बताउनुभएको छ ।
मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख सचेतक घिमिरेले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पार्नुभयो ।
बैठक सकिएपछि प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाउनुभएको थियो । सोही कुराको खण्डन गर्दै उहाँले आफूले बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई कानूनको रुप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रुपमा टुंग्याउनुपर्ने कुरा राख्दा अतिरञ्जना फैल्याइएको बताउनुभयो । उहाँले कानून निर्माण गर्ने प्रक्रिया छिटो हुनुपर्ने बताउनुभयो ।
प्रमुख सचेतक घिमिरे कुनैपनि विधेयक संसदमा पेश भएको कति दिनभित्रमा कानूनको आकार ग्रहण गर्ने हो रु भन्नेकुराको निश्चितता र समयसीमा हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्