८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लैनचौरस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्रीद्वारा माल्यार्पण


117
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

बुधबार लैनचौरस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्री ओलीले माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

हरेक वर्ष शहीदहरुको स्मरणमा माघ १६ गते शहीद दिवस मनाइन्छ । शहीद दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरु, सरकारका उच्च पदस्थ कर्मचारीहरु समेत लैनचौर पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।