२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


रविलाई सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइ सांसदबाट निलम्वन गर्ने निर्णयको रास्वपाले विरोध गर्ने


9.139k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अधिवेशनमा रवि लामिछानेलाई सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्वनको विरोध गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक परियारले सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरित राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेलाई सम्पती शुद्धिकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको ठहर गरेको भन्दै संसद बैठकमा विरोध गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले सभापति माथि साँधिएको राजनीतिक प्रतिशोध, सहकारी र अर्थतन्त्र, असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदाको समेत विरोध गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रमुख सचेतक परियारले संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै अध्यादेशको अस्वीकारको प्रश्ताव गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले सरकारले ल्याएको नयाँ धितोपत्र बोर्डको अवधारणाको सैद्धान्तिक विमति नभएको तर नेप्सेलाई नै पुनसंरचना गर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णयको विरोध गर्ने निर्णय भएको उल्लेख गर्नुभयो । उहाँले ताप्लेजुङको पाथीभरामा जुन केबलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासीबीचको झडपको भ्रर्सना गर्दै राज्यबाट भएको ज्यादतीको विरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा बैठक बसेको थियो । पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेलाई सहकारी ठगी तथा सम्पती शुद्धीकरणको मुद्दा लागेसँगै सांसद पदबाट निलम्वन भएका छन् ।