
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग गरेका छन् ।
शुक्रबार संसद भवनस्थित ल्होत्से हलमा बसेको बसेको कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगमी संघको निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्नेगरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्थानीय तहको निर्वाचन भन्दा अगाडि आम निार्वचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग गरेको बताउनुभयो । उहाँले आज सांसदहरुले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरुले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिनुभयो ।
उहाँले बैठकमा सांसदहरुले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकासनिर्माणका कुराहरु उठाउनुभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्