
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र कांग्रेसको संयुक्त गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको बताउनुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति देउवाले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको कारण वर्तमान सरकार गठन भएको दाबी गर्नुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्दै मुलुकमा आर्थिक समृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य ध्येय भएको बताउनुभयो । सरकार सुशासन कायम गर्दै आर्थिक अन्नतिको क्षेत्रमा अघि बढिरहेको सभापति देउावले बताउनुभयो ।
सभापति देउवाले सरकारले विगत छ महिनामा गरेका कामहरु सकारात्मक रहेको दाबी गर्दै उहाँले भविष्यमा राम्रो प्रगति हासिल हुने अनुभुति गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्