
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्नेकुरा सही नभएको बताउनुभएको छ ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री शर्माले अध्यादेशको कन्टेन्टको आधारमा बिरोध र समर्थन गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रुपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गर्ने बताउनुभयो ।
महामन्त्री शर्माले सामाजिक सञ्जाल नियमनका लागि कानूनी प्रवन्ध जरुरी रहेको बताउनुभयो । सामाजिक सञ्जाल नियन्त्रण गर्नेगरी विधेयक ल्याउन गलत भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्