२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागेको छ : अध्यक्ष लिङ्देन


221
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस गरेको उल्लेख गर्नुभयो । उहाँले निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको बताउनुभयो । उहाँले सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु र विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन रु भन्दै सरकारलाई प्रश्न गर्नुभयो ।

अध्यक्ष लिङ्देनले काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी सुन्दा मुलुकमा सरकार छैन भने अभास भएको बताउनुभयो । उहाँल सरकारले नियमित कुरालाई पनि उपलब्धी देखाएको बताउनुभयो । उहाँले सरकारले सुशासनको क्षेत्रमा कुनैपनि काम गर्न नसकेको उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले निरासा जनतलाई आशा जगाउन समेत सरकारले नसकेको बताउनुभयो । उहाँले मुलुकमा विदेशी मुद्रा सञ्चिति बढेको वर्तमान सरकारको कारणले नभइ नेपाली जनता बेचेर आएको दाबी गर्नुभयो । उहाँले सरकारले रेमिट्यान्स मार्फत आएको पैसा समेत खर्च गर्न नसकेको उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले सरकारको साढे ६ महिनको समय निरासाजनक रहेको बताउनुभयो । उहाँले कांग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनसक्नुपर्ने बताउनुभयो । उहाँले राप्रपाले सरकारको विरोध मात्रै गर्ने भन्दै सुधारको अपेक्षा गरेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले नेपाल प्रहरीका आइजीपीमाथि पनि छानबिन हुनुपर्ने बताउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने उल्लेख गर्नुभयो ।