१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खाडीको पैसाले सरकार र संसद चलिरहेको छ : अध्यक्ष केसी


1.183k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजीनित दलहरु आफ्नो घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन नसकेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले अहिले दैनिक दुई हजार युवाहरु विदेश गइरहेको उल्लेख गर्दै यही हो प्रगति ? भन्दै प्रश्न गर्नुभयो । मुलुकलाई पुँजीवादले नाङ्गो प्रहार गरेको उहाँको भनाइ छ ।

अध्यक्ष केसीले मुलुकमा भएका उद्योग तथा कलकारखानाहरु बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको बताउनुभयो । उहाँले अहिले खाडि र विकसित देशरुबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गर्नुभयो । उहाँले जनतमा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने बताउनुभयो ।

अध्यक्ष केसीले कांग्रेस–एमालेको संयुक्त सरकारले गरेको सहमति कार्यान्वयन नगरेको समेत बताउनुभयो । उहाँले संविधान कार्यान्वयन गर्छु भन्नुभएको होइन, खै ? भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष केसीले सिंहदरबारको सरकार चलाउने खुबी नभएकाले आठ ठाउँमा सरकार गठन गरेको भन्दै प्रदेशको औचित्य पुष्टि गर्न चुनौति दिनुभयो । उहाँले आठ वर्षको अवधिमा प्रदेशले जनतालाई के दिए र? भन्दै प्रश्न गर्नुभयो ।