
काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताउनुभएको छ ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले सरकार बनाउँदा सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको गुनासो गर्नुभयो ।
नेता निधिले संविधान संशोधनको मुद्दालाई नेपाली काँग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताउनुभयो । उहाँले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेको भएपनि कानून निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताउनुभयो ।
नेता निधिले संविधान संशोधन र कानून निर्माण पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्