
एजेन्सी । प्यालेस्टिनी भुमी गाजापट्टी खाली गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको योजनामा धक्का लागेको छ । युद्धग्रस्त क्षेत्र गाजापट्टीको पुर्ननिर्माणका लागि गाजापट्टी खाली गरी त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई इजिप्ट र जोर्डनमा सार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको सुझावलाई अरब देशहरूले ठाडै अस्वीकार गरेका छन् ।
ट्रम्पले केही दिनअघि इजरायल र हमासबिचको युद्धविरामको बिचमा गाजापट्टी खाली गरी इजिप्ट र जोर्डनलाई गाजापट्टीका मानिसहरूलाई आश्रय प्रदान गर्न आग्रह गर्नुभएको थियो । अरब राष्ट्रहरुको विदेश मन्त्रीस्तरीय बैठकले ट्रम्पको योजना बहिष्कार गर्ने निर्णय गरेको हो ।
इजिप्ट, जोर्डन, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, प्यालेस्टिनी प्राधिकरण र अरब लिगले संयुक्त विज्ञप्ति जारी गरी यो योजना अस्वीकार गरेको जनाएका छन् । उनीहरुले ट्रम्पको योजनाले द्वन्द्व बढ्ने जोखिम निम्त्याउने र मानिसहरू बिच शान्ति र सह–अस्तित्वको सम्भावनालाई कमजोर बनाउने औंल्याएका छन् ।
इजरायलको १५ महिनाको सैन्य कारवाहीका कारण गाजापट्टी ध्वस्त भएको छ । त्यहाँका ९० प्रतिशत भवनहरु भग्नावशेषमा परिणत भएको अवस्थामा पुननिर्माण कसरी होला भन्ने अन्यौल छ ।
प्रतिक्रिया दिनुहोस्