
काठमाडों । चलचित्र हरिबहादुरको जुत्ताको शुभमुहूर्त भएको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
दीपेन्द्र के. खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय रहनेछ ।
कार्यक्रममा अभिनेता हरिवंश आचार्यले आजदेखि नै चलचित्रको प्रचारप्रसार शुरु भएको बताउनुभयो । चलचित्र एक वर्ष लगाएर लेखेको र चलचित्र देश बनाए जस्तै भएको बताउनुभयो । देश बनाउँदा पनि बिग्रिएपछि सकिने र चलचित्र पनि बिग्रिएपछि सकिने टिप्पणी गर्नुभयो ।
अभिनेता किरण केसीले आजबाट चलचित्र शुरु भएको र सबैको मेहनतले चलचित्र राम्रो बन्ने बताउनुभयो । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई मन लागेको टिमसँग काम गर्ने मौका पाउँदा खुशी लागेको बताउनुभयो ।
शुभ मूहुर्त कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा काम गर्न पाउँदा धेरै खुशी लागेको बताउनुभयो । उहाँले आफू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ अभिनित सिरियलहरुमा काम गर्ने इच्छा रहेको र आज आएर चलचित्रमा काम गर्न पाउँदा धेरै खुशी लागेको बताउनुभयो ।
एम.एम मोस पिक्चर्सको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्रको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।
प्रतिक्रिया दिनुहोस्