२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


इजरायली प्रधानमन्त्री अमेरिकाको भ्रमणमा


0
Shares

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भ्रमणका क्रममा अमेरिका पुगेका छन् ।

प्यालेष्टाइनी बिद्रोही समुह हमाससँगको दोश्रो चरणको युद्धविरामको खाकाको बिषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग कुराकानी गर्न अमेरिका पुग्न्ु भएको बुझिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाको भ्रमण गर्ने नेतान्याहु नै उच्च पदश्थ ब्यक्तित्व हुनुहुन्छ । गाजामा गत जनवरी १९ मा भएको पहिलो चरणको युद्धबिरामको श्रेय आफु्ले लिनुभएका ट्रम्पले दोश्रो चरणका युद्धबिरामका लागि नेतान्याहुलाई सल्लाह र सुझाव दिने बुझिएको छ ।

अमेरिकाको भ्रमणमा निस्कनु अघि इजरायलको तेल अभिभमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री नेतान्याहुले गाजासंगको दोश्रो चरणको युद्धबिरामले सार्थकता पाउने बिश्वास ब्यक्त गनुर््भएको छ । गाजाले पहिलो चरणको युद्धविराम अन्तर्गत ३३ जना बन्धकलाई रिहा गर्ने बताए अनुरुप हालसम्म १८ जना बन्धकलाई मात्र रिहा गरिसकेको छ ।

दाश्रो चरणका युद्धबिरामका लागि इजरायलले हमाससँग के कस्तो सम्झौता गर्छ भन्ने अन्यौल छ । यता अमेरिकाले भने नेतान्याहुको भ्रमणले राष्ट्रपति ट्रम्पको चाहना अनुरुप संधैका लागि युद्धविराम हुने विश्वास लिएको छ ।