२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


देखेको भरमा नभइ कागजमा लेखेको भरमा फैसला गर्नुपर्ने स्थिति छ : नेता सिटौला


1.261k
Shares

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल सुरु भएको छ ।

सोमबारबाट राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफल सुरु भएको हो ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले गर्ने फैसलाहरु उच्च र जिल्ला अदालतले मानेर जानुपर्ने भएकाले राम्रो नजिर बस्नेगरी फैसला गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ के नपुगेर ल्याइएको हो भन्ने प्रश्नको जवाफ माग गर्नुभयो ।

सांसद सिटौलाले नेपालको कानूनी प्रणालीमा आँखाले देखेको भरमा निर्णय गर्ने पद्धति नरहेको र कागजमा देखेको भरमा निर्णय गर्ने पद्धति रहेको बताउनुभयो ।

न्यायपालिकालाई निष्पक्ष र प्रभावकारी बनाउन विधेयकले काम गर्नुपर्ने बताउनुभयो ।