२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संघीयतासम्बन्धी ऐन, कानून निर्माण गर्ने कुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट : अध्यक्ष दाहाल


364
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानून निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताउनुभएको छ ।

सोमबार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताउनुभयो । उहाँले संघीयता सम्बन्धी ऐन, कानून निर्माणमा नेताहरु नै असन्तुष्ट रहेको बेलामा नागरिकहरुले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले संघीयताका सिद्धान्तहरु आफैँमा नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको बताउनुभयो । नेतृत्वले जिम्मा लिएका कुराहरु समयमै नागरिकस्तरमा पु¥याउँदा नै संघीयता सफल हुने बताउनुभयो ।

अध्यक्ष दाहालले जनतालाई सुविधा दिनेकुरामा बढी गम्भीर हुनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनले जीवनस्तर, रहनसहन र सोचाईमा समेत प्रभाव पारको बताउनुभयो ।