
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई नियुक्त गर्नुभएको छ ।
सोमबार राष्ट्रपतिको कार्यलयले विज्ञप्ति जारि गर्दै खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेको जनाएको हो ।
नेपाल बार एशोसिएशनको सिफारिसमा वरिष्ठ अधिवक्ता खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको हो ।
न्याय परिषद् सदस्यमा नेपाल बारको तर्फबाट सिफारिस भएका खड्काको नाम आइतबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्