
काठमाडौं । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८१ फागुन १६ गतेदेखि हुने भएको छ ।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलनमा पत्रकार सम्मेलन गरी आयोजक संवाद फाउण्डेशनले यसबारेमा जानकारी दिएको हो ।
महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरुले आवेदन दिएका र नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी रहेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री रेखा थापाले कलाकारको भूगोलको सीमाना नहुने र सबै भूगोलको कलकार हुने बताइन । उनले कला र महिलाको जननी मिथिला सभ्यता भएको बताइन् । उनले महोत्सवले नेपालको पर्यटन प्रवद्र्धन गर्ने विश्वास लिएको पनि बताइन् ।
महोत्सवको उद्देश्य नेपालमा चलचित्रको महत्व बुझाउनु रहेको बताइएको छ । साथै नेपाली चलचित्रलाई विश्वभर प्रश्तुत गर्नु, चलचित्र साक्षरताको प्रदर्शन गर्नु लगायतका उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्