१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गौरीशंकर संरक्षण क्षेत्रको डढेलो नियन्त्रण बाहिर


0
Shares

काठमाडौं । दोलखाको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत गौरीशंकर गाउँपालिका सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रको हिमाली वनमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

डढेलोले रेडपाण्डाको बासस्थान रहेको निगालोको जंगल पूर्ण रूपमा जलेको छ । ३ हजार मिटर उचाइभन्दा माथिबाट सल्केको डढेलो घनाजंगल र खर्कहरूमा फैलिइसकेको छ ।

डढेलो नियन्त्रणका लागि जिल्ला प्रशासनमा सर्वपक्षीय बैठक बसेको छ । डढेलोको धूवाँले गौरीशंकर हिमालसहित रोल्वालिङ हिमशृंखला र उत्तरका गाउँहरू ढाकिँदै गएका छन् ।

चिसो छल्न तलतिर झरेका वन्यजन्तु डढेलोमा परेको अनुमान गरिएको छ । रेडपाण्डा र झारलको बासस्थान पनि रहेको हिमाल नजिकैका खर्कहरूमा डढेलो बढेको हो । विकट ठाउँमा भएका कारण डढेलो नियन्त्रण गर्न कठिन भएपनि हेलिकप्टरबाट पानी हाली नियन्त्रणको प्रयास भइरहेको छ ।