२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अनलाइन मिडियाहरुको नियमन गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ


247
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरी रहेको बताउनुभएको छ ।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेपाली अनलाइन क्षेत्र छाडा र अराजकता उन्मुख रहेको भनाइ छ ।

सञ्चारमन्त्री गुरुङले प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै यसको नियमन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसावले नेपाल विश्वमै नमूना भएपनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको बताउनुभयो । अनलाइन मिडियाले सामाजि सद्भाव, आपसि एकता र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्ने कार्यमा सहयोग नगरेको जिकिर गर्नुभयो ।

सञ्चारमन्त्री गुरुङले हेट स्पिचको माध्यमबाट व्यक्ति विषेश र समाजकै बद्नाम गरेर लोकतन्त्र बलियो नहुने उल्लेख गर्दै उहाँले अनलाइन क्षेत्रलाई नियमन गर्न सरकार लागिपरेको समेत बताउनुभयो ।

उहाँले नेपालको सांस्कृतिक र धार्मिक पहिचानको संरक्षणका लागि सबै एकजुट भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।