८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


राजनीतिक दलहरु गम्भिर नहुँदा संसदले कानून निर्माण गर्न सकेन : सन्तोष परियार


208
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरु गम्भिर नहुँदा संसदले कानून निर्माण गर्न नसकेको बताउनुभएको छ ।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद समेत रहनुभएका प्रमुख सचेतक परियारले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक परियारले राजनीतिक पार्टीहरुले कानून निर्माणको विषयलाई गम्भिरताका साथ लिए संसदले कानून निर्माण ढिलाई नगर्ने विश्वास छ । उहाँले सांसदहरु कै कारण कानून निर्माण सुस्त भएको बताउनुभयो । उहाँले संसद राजनीतिक दलहरुका कारण खण्डित भइरहेको उल्लेख गर्दै राजनीतिक दलहरु यसमा गम्भिर हुन जरुरी रहेको बताउनुभयो ।

विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको उहाँको भनाइ छ ।