७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्छौं : अध्यक्ष दाहाल


221
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइलहरु पुनः खोल्ने बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले जनताको शक्ति लिएर अपराधका फाइलहरु पुनः खोल्ने बताउनुभएको हो ।

अध्यक्ष दाहालले लोकतन्त्रको सर्भिसिङ र सुशासन फेरि शुरु गर्ने बताउनुभयो । उहाँले विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्ने दाबी गर्नुभयो । उहाँले अहिलेको सरकारसँग जना खुशी नभएपनि विचौलिया र स्वार्थ समूहहरु खुशी रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी नहुने कुरा स्वार्थ समूहले बुझ्न जरुरी रहेको बताउनुभयो ।