१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रचण्डलाई रघुजी पन्तको जवाफ – संसद कुण्ठा पोख्ने ठाउँ होइन


7.891k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा कुण्ठा पोखेको भन्दै संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले अध्यादेशमाथि धेरै आक्रमण गरेको भन्दै कुन अध्यादेशको दफाले नागरिकको अधिकार खोसिन्छ रु भन्दै प्रश्न गर्नुभयो ।

सांसद पन्तले ६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रश्ताव अगाडि सारिएको तर ति संशोधन गरिएका दफाहरुमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ भनेर भन्न नसकेको बताउनुभयो ।

सांसद पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा भएको ¥याङठ्याङ रोचक रहेको टिप्पणी गर्नुभयो ।