२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा हुन्छ : उपप्रधानमन्त्री सिंह


351
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले आफ्नो अधिकार गुम्ने गतिविधि गर्न नहुनेतर्फ सचेत गर्नुभयो । उहाँले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलहरु मिलेर बनेको भन्दै जनताको अधिकारका लागि लडेका पार्टीहरुबाट जनताका अधिकार खोस्ने काम नहुने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले संविधान संशोधन गर्दा अधिकार कटौति गर्नेकुरा नहुने बताउनुभयो । उहाँले संविधान कार्यान्वयनमा भएका समस्याहरु हटाउन संविधान संशोधन हुने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले आउँदो दिनमा संविधानले दिएको अधिकार समान रुपले उपयोग गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताउनुभयो ।