२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौं उपत्यकामा गुण्डागर्दी गर्नेमाथि निगरानी बढायो


0
Shares

काठमाडौं । उपत्यका प्रहरी कार्यालय काठमाडौंले उपत्यकामा गुण्डागर्दी गर्नेहरूमाथि निगरानी बढाएको बताएको छ ।

पुराना गुण्डाहरूको शैली र नयाँ गुण्डाहरूको प्रोफाइल पुनरावलोकन गर्न थालिएको उपत्यका प्रहरी कार्यालयले जनाएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) टेक बहादुर तामाङले गुण्डागर्दी नियन्त्रण गर्न पुरानो सूचीमा भएकाहरूको प्रोफाइलिङ पुनरावलोकनको काम भइरहेको बताउनुभयो । तरबार चलाउने, गोली चलाउने र समूह बनाएर जबरजस्ती चेकमा हस्ताक्षर गराउने जस्ता हर्कतमा सहभागी सबै तहका गुण्डाहरूको सूची नवीकरण गरिने पनि उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालमा तरबार र खुकुरीले केक काटेको भिडियो हाल्नेहरुमाथि पनि कारबाही चलाएको उहाँले बताउनुभयो । शान्ति सुरक्षा कायम गर्ने काममा नयाँ नयाँ चुनौती थपिंदै गएको भन्दै एआइजी तामाङले प्रविधिको ज्ञानको कमिले चुनौति थपेको बताउनुभयो ।