२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


चितवनबाट परिवर्तनको लडाईं सुरु भएको छ, पूरा गरेरै छोड्छु : रवि लामिछाने


6.461k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनबाट परिवर्तनको लडाईं सुरु भएकाले पूरा गरेरै छोड्ने बताएका छन् ।

बिहीबार चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गरेसँगै अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताए । उनले चितवन देवभूमि भएकाले चितवनवासीहरु पनि देतता जस्तै रहेको बताए ।

लामिछानेले चितवनवासीले आफ्नो न्यायका लागि लसाथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए । उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्वन गरिएकोप्रति आपत्ति जनाए ।

लामिछानेले परिवर्तनको लडाईं अझै बाँकी रहेको बताए ।