२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


लिभरपुल काराबाओ कप फुटबलको फाइनलमा प्रवेश


130
Shares

काठमाडौं । टोटनह्याम हट्सपरलाई हराउँदै लिभरपुल काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति लिभरपुलको मैदान एनफिल्डमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा घरेलु टोली लिभरपुल ४–० ले विजयी भयो । लिभरपुलको लागि कोडी ग्याक्पो, मोहोमद सालाह, डोमिनिक जोबोस्लाई र भर्जील भान डाइकले एक एक गोल गरे ।

पहिलो लेगमा टोटनह्यामसँग १–० ले हारेको लिभरपुल गएरातिको खेलपछि समग्रमा ४–१ ले विजयी भयो । लिभरपुलले अब फाइनलमा न्युकासल युनाइटेडसँग खेल्नेछ । सेमिफाइनलमा आर्सनललाई ४–० ले स्तब्ध बनाउँदै न्युकासल फाइनलमा पुगेको हो ।