२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बर्दियामा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु


1.027k
Shares

काठमाडौं । बर्दियाको मधुवन नगरपालिकाकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

मधुवन नगरपालिका वडा नम्बर ७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार दिउँसो चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घर नजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउन गएकी जुनाकुमारीलाई ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो । आक्रमण गरेको देखेपछि स्थानीयले होहल्ला गर्दा चितुवा भागेको थियो ।

जुनाकुमारीलाई स्थानीयले तत्कालै जिल्ला अस्पताल गुलरिया लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।