१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वभौम सत्ता संसदमा नभइ जनतामा निहित छ : उपाध्यक्ष पाण्डे


754
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले सार्वभौम सत्ता संसदमा नभइ जनतामा निहित रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले जनतामा रहेको सार्वभौम सत्ता चुनावबाट डेलिगेट गरिएको बताउनुभयो । जनतामा रहेको शक्तिलाई अर्को चुनावमा डेलिगेट गर्दा कोही पनि ठूलो छु भनेर घमण्ड नहुने बताउनुभयो । सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा पनि आफ्ना अधिकार प्रयोग गर्दा अरुका अधिकार पनि मास्न हुँदैन भन्नेकुरा ध्यान दिनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पाण्डेले संविधानले तोकेको सीमाभित्र बसेर आफ्ना कुरा भन्न र गर्न पाइने बताउनुभयो । उहाँले संविधानअनुसार कुनैपनि राजनीतिक दलहरुले राजा ल्याउन चाहे संविधानअनुसारका मागहरु पूरा गरेर ल्याउनसक्ने बताउनुभयो ।