२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चीनको पहिरोमा हराएकाहरुको खोजी जारी


1.43k
Shares

एजेन्सी । चीनको सिचुआन प्रान्तमा शनिबारको पहिरोमा १० घर पुरिँदा बेपत्ता भएका ३० जनाभन्दा बढीको खोजी कार्य जारी छ । पहिरो स्थलबाट करिब २ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

चीनको यिबिन सहरको जुनलियन काउन्टीस्थित जिनपिङ गाउँमा हिजो पहिरो गएको हो । चीनका राष्ट्रपति सी चिनफिङले हराइरहेका व्यक्तिहरूको खोजी र उद्धार, हताहत कम र त्यसपछिको स्थितिलाई उचित तरिकाले व्यवस्थापन गर्न’ निर्देशन दिनुभएको छ ।

राष्ट्रिय आपत्कालीन व्यवस्थापन मन्त्रालयले एक अनलाइन पोस्टमा पहिरोबाट दुईजनाको सकुशल उद्धार गरिएको उल्लेख गरेको छ ।

यसैबीच अधिकारीहरूले उद्धार र राहत प्रयासलाई सहयोग गर्न तीन करोड युआन (४१ लाख अमेरिकी डलर) पनि विनियोजन गरेको छ । चीनमा भारी वर्षापछि पहिरो गएको हो ।